Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

स्ववियु निर्वाचन अन्तर्गत गोरखाका २ क्याम्पसमा आज उम्मेदवारी मनोनयन हुँदै


1.9K
Shares

स्ववियु निर्वाचन अन्तर्गत गोरखाका २ क्याम्पसमा आज उम्मेदवारी मनोनयन हुँदै

गोरखा, २७ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

स्ववियु निर्वाचनका लागि गोरखा सदरमुकाममा रहेको २ वटा क्याम्पसमा नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तिकारीको नेतृत्वमामा फरक फरक दुई गठबन्धन बनेको छ ।

जिल्ला भित्र रहेको ४ वटा क्याम्पस मघ्य आरुघाटको भिमोदय र पालुङटारको ठाँटीपोखरीमा रहेको भवनी बहुमुखी क्याम्पसले निर्वाचन स्थगित गरेको छ । दुवै क्याम्पसले विभिन्न कारण देखाएर निर्वाचन नगाउने भएको हो ।

यता सदरमुकाम भित्र रहेको गोरखा क्याम्पस र द्रब्य शाह बहुमुखी क्याम्पसमा भने नेबिसंघलाई सभापति दिने गरी अनेरास्वियुले सहमती गरेको नेबिसंघले जानकारी दिएको छ ।त्यस्तै अखिल क्रान्तिकारीको नेतृत्वको गठबन्धनमा दुवै क्याम्पसमा अखिलक्रान्तिकारीले नेतृत्व लिने सहमति भएको छ ।

दुवै क्याम्पसमा ६ वटा बिद्यार्थी संगठनले निर्वाचनको लागी नाम दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology