Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पूर्व राजाको स्वागतको भीडलाई बेवास्ता नगर्न विश्लेषकहरूको टिप्पणी


1.3K
Shares

पूर्व राजाको स्वागतको भीडलाई बेवास्ता नगर्न विश्लेषकहरूको टिप्पणी

काठमाडौ, २६ फागुन ।  राप्रपालगायतका केही समूह, सङ्गठनको अगुवाइमा काठमाडौँमा पूर्व राजा समर्थकले हिजो निकालेको जुलुशलाई पाठको रूपमा लिएर गल्ती, कम्जोरी सच्याएर अघि बढ्न विश्लेषकहरूले राजनीतिक दललाई आग्रह गरेका छन् ।

राजनीतिक दलहरूले भने पूर्व राजा र समर्थकको गतिविधिको विरोध जनाउँदै आएका छन् । विश्लेषकहरू भने राजालाई पनि सामान्य नागरिक वा दलहरूले पाएको अधिकार भएको उल्लेख गर्दै राजसंस्थावादीहरूको गतिविधिलाई सिकाइको रूपमा लिनुपर्ने बताउँछन् ।

विश्लेषक जैनेन्द्र जीवनले राज संस्था फर्कने तत्कालको सम्भावना नभए पनि हिजो काठमाडौँमा निकालिएको ¥यालीले दल, नेतृत्व र शासनव्यवस्थामा रहेकाहरूलाई चेतावनीको सङ्केत गरेको टिप्पणी गर्नुभयो । यद्यपी बाह्य शक्तिको भूमिका, राजसंस्थाप्रतिको बुझाइले नेपालमा हुने राजनीतिक परिवर्तनलाई प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । अहिलेका राजनीतिक दल, सरकार र मातहतका निकायबाट नागरिकले गरेको अपेक्षा पूरा नभएका कारण पूर्व राजाप्रतिको समर्थन बढेको नागरिक समाजका अगुवा बताउँछन् ।

हिजो भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले निकालेको वक्तव्यमा आफूहरूलाई साथ चाहिएको बताए पनि केका लागि साथ खोजेको भन्ने नखुलेको भन्दै व्यङ्ग्य गर्नुभयो । सुर्खेतमा गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको सुन्दर पक्ष भनेकै पूर्वराजाले पनि सामान्य नागरिकको सरह सुविधा, अधिकारसहित नेपालमै बस्नु रहेको उल्लेख गर्दै राजसंस्था फर्किने सम्भावना नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology