Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा अदालतबाट कैद र जरिवाना सजाय भएर फरार भएका १ पुरुष पक्राउ


3.3K
Shares

गोरखा अदालतबाट कैद र जरिवाना सजाय भएर फरार भएका १ पुरुष पक्राउ

गोरखा, २६ फागुन । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना भएपछी फरार भएका १ जना अभियुक्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–१ मान्बुका ३२ बर्षिय राजेन्द्र थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका थापाले सरकारी छाप किर्ते गरेको आरोपमा गोरखा जिल्ला अदालतले कैद र जरिवाना सजाय फैसाल गरेको थियो । अदालतको फैसला अनुसार ११ महिना ३ दिन कैद र ५० रुपैयाँ जरिवाना गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

फैसला लगत्तै फरार रहेका थापालाई प्रहरीको फैसला कार्यान्वयन विशेष टोलीले यही फागुन २५ गते आइतबार पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आइतबार नै गोरखा जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले गोरखा कारागार चलान गरेको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology