Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सरकार प्रवक्ता भन्छन् – राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन


1.7K
Shares

सरकार प्रवक्ता भन्छन् – राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन

काठमाडौं,२३ फागुन । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताउनुभएको छ ।  शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उहाँले ‘हैसियत भुलेको’ रुपमा टिप्पणी गर्नुभयो । ‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो,’ उहाँले भन्नुभयो । साथै, उहाँले आफ्नो संस्था र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्न नसक्ने पनि बताउनुभयो ।

‘हामीले गरेको उदार प्रबन्धलाई बिर्सेको हो । राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उहाँले भन्नुभयो, ‘एउटा कुलमा जन्मिएको कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ ।

जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology