Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा अस्पतालको नयाँ व्यवस्थापन समितिले गर्यो पद भार ग्रहण


2.2K
Shares

गोरखा अस्पतालको नयाँ व्यवस्थापन समितिले गर्यो पद भार ग्रहण

गोरखा, २३ फागुन । गोरखा अस्पताल गोरखाको नयाँ अस्पताल व्यवस्थापन समितिले हिजो पद भार ग्रहण गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्र्तगत सञ्चालित प्रदेश अस्पताल गोरखामा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश सरकार अस्पताल व्यवस्थापन समिति आदेश २०८१ को दफा ३ बमोजिम जिल्ला समन्वय समिति गोरखाका प्रमुखलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरेको हो ।

मन्त्रालयले फागुन १३ गतेको निर्णय अनुसार नयाँ व्यवस्थापन समिति गठन गरेको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगालेले बताउनुभयो ।

नवगठित अस्पताल व्यवस्थापन समितिमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, जिल्ला प्रसासन कार्यालय गोरखाबाट तोकिएको प्रतिनिधी, कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखा, उद्योग बाणिज्य संघ गोरखाको प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको छ ।

पदभागर ग्रहण कार्यक्रममा मन्त्रालयका सचिव डा. बगालेसहित गण्डकी प्रदेश स्वास्थय मन्त्रालयका चिकित्सक महशाखाका प्रमुख डा. रमेशकुमार के.सी, गोरखा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लालप्रसाद श्रेष्ठ, निवर्तमान समितिका पदाधिकारीहरु, प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरीटण्डेन्ट डा. सिर्दाथ खनाललगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा अस्पतालले निवर्तमान समितिलाई विदाई समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology