Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मानवसेवा आश्रम गोरखाको भवन निमाणार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुँदै


1.7K
Shares

मानवसेवा आश्रम गोरखाको भवन निमाणार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुँदै

गोरखा, २३२ फागुन । गोरखामा निर्माणधिन भवन अपुरो भएपछी अर्थ संकलनकालागी ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरिने भएको छ । आगामी चैत्र ५ गते गोरखा सदरमुकाममा अर्थ संकलनकालागी ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुने मानव सेवा आश्रम गोरखाले जानकारी दिएको हो ।

गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा निर्माण भएको भवन आर्थिक अभावले अलपत्र परेपछि कार्यक्रमको आयोजना गर्न लागिएको मानव सेवा आश्रम गोरखाका अभिभावक परिवार समितिका संयोजक शित्तलकाजी मास्केले जानकारी दिनुभयो ।

भवनको भौतिक प्रगती ८० प्रतिशतभन्दा माथी भएको र बाँकी कामका लागि आर्थिक अभाव भएको भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केतले बताए । उनका अनुसार हालसम्म ६ करोडभन्दा माथी खर्च भएकोले अझै २ करोड जती आवश्यक भएको छ । भवनको भित्री भागको सबै काम सम्पन्न भएता पनि बाहिरी काम पुरा हुन सकेको छैन ।

आर्थिक अभावकै कारण भवनको काम सम्पन्न नहुदा गोरखा शाखाकोलागी राजधानीको रानीबनमा केही महिना अगाडी मात्रै ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट करिब ४३ लाख संकलन भएको थियो ।

उक्त रकम पनि नपुग्ने भएपछी आउदो चैत्र ५ गते ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा ५ लाख ११ हजार १११ रुपैयाँ दान गर्नेको नाममा कोठाको नामाकरण गरीने छ भने सो भन्दा कम दान गर्नेहरुको आश्रमको नियम अनुसार भवनमा राखिने ताम्रपत्रमा नामावली समावेश गरीने गोरखा आश्रमले जानकारी दिएको छ ।

‘मिट एण्ड ग्रिट’ कार्यक्रममा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, हास्य कलाकार मनोज गजुर तथा ईन्द्रेणीका कृण्ण कडेंलको समेत उपस्थिती रहने छ । गोरखामा रहेको मानव सेवा आश्रममा देशैभरका अनाथ एवं वेसाहारा बालबालिकाहरु राखिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology