Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रदेश अस्पताल गोरखाको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न


1.3K
Shares

प्रदेश अस्पताल गोरखाको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न

गोरखा, २३ फागुन । प्रदेश अस्पताल गोरखाको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको उपलब्धी, कार्यसम्पादन, परिणाम र प्रभाव सम्बन्धी अभिलेखहरु, सूचना, र नीति नियमहरुको अध्ययन गरी त्यसको सुधारका लागि अस्पतालको सामाजिक परीक्षण गरिएको अस्पतााल व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापामगरले बताउनुभयो ।

सोच नेपाल मिडियाको सहजीकरणमा एवं प्रदेश अस्पताल गोरखाको आयोजनामा अस्पतालको सभाहलमा भएको कार्यक्रममा सार्वजनिक परीक्षणपछि तयार पारिएको प्रारम्भिक प्रतिवेदन पेश गरिएको थियो ।

प्रतिवदेनमा अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहमा देखिएका कमजोरी, अस्पतालको अघिल्लो आर्थिक बर्ष २०७९/०८० पछि भएका सुधारात्मक काम र अस्पतालका सवल पक्षलाई उजार गरी सुझाव पेश भएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेट डाक्टर सिदार्थ खनालले जानकारी दिनुभयो ।

उहाँले गोरखा अस्पतालमा पछिल्लो समय थुप्रै सुधार भएको र अस्पतालले प्रदान गर्ने सेवा थप गर्दै विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गर्दै लगिएकाले अस्पताल प्रति आम नागरिकको भरोसा बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गोरखा अस्पतालका निवर्तमान अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले गोरखा अस्पतालमा उपचार सेवा लिएर आर्थिक अभावमा घर फर्कन समस्या भएका विरामीलाई सहयोग गर्ने पवित्र उद्देस्यसहित ‘डोनेसन बक्स’ स्थापना गरिएको भन्दै त्यस थोरैपनि अतिसमस्यामा परेका व्यक्तिलाई सहयोग गर्न सकिने अवस्था बनेको बताउनुभयो ।

उहाँले अस्पताल हाता भित्रको सरसफाईका लागि व्यवस्थापन पक्षले आवश्यक जोड दिएको भएपनि उचित समाधान गर्न नसकिएको उल्लेख गर्नुभयो ।

निवर्तमान अध्यक्ष श्रेष्ठले गोरखा अस्पतालको जग्गा एकिन गर्नका लागि आफुले सक्दो पहल गरिएको बताउनुभयो । अस्पताल भित्रका रहेका थुप्रै समस्याहरु सामाजिक परीक्षणले उजागर गरिदिएको बताउँदै उहाँले प्रतिवेदनमा प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान वर्तमान अस्पताल व्यवस्थापन समितिलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका यानप्रसाद शर्मा, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दशरथ शर्मा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु अमृत वि.क, शोभा लामिछानेलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology