Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

टीआरसी आयोगमा पदाधिकारी नियुक्त गर्न माओवादीको माग


1.5K
Shares

टीआरसी आयोगमा पदाधिकारी नियुक्त गर्न माओवादीको माग

काठमाडौं,२१ फागुन । प्रमुख प्रतिपक्षी नेकपा माओवाद केन्द्रले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको माग गरेको छ ।

ऐन बनिसक्दा समेत आयोगका पदाधिकारी नियुक्ति हुन नसकेको भनेर माओवादले सरकारको ध्यानाकर्षण गरेको हो । बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘शान्ति प्रक्रियााई टुंगोमा पुर्‍याउन बनाइने सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग ऐन बनिसकेपछि पनि अझै बन्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘द्वन्द्वपीडितहरूको घाउमा मल्हम लगाउन र बेपत्ता परिवारको आशु पुछ्न यो आयोग अति आवश्यक छ ।

त्यसैले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’ ०७९ साउनदेखि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology