Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

क्रोएसिया पठाई दिन्छु भन्दै रकम ठगी गर्ने गोरखाका पनेरु पक्राउ


3.7K
Shares

क्रोएसिया पठाई दिन्छु भन्दै रकम ठगी गर्ने गोरखाका पनेरु पक्राउ

गोरखा, २१ फागुन । बैदेशिक रोजगारीमा क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका १ जना पुरुषलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेका ब्यत्ती बारपाक सुलिकोट गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने बर्ष ४७ का जगदिश्वर पनेरु भएको पुष्टी भएको छ ।

पनेरुले बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर पिडितबाट २ लाख रुपैयाँ लिएर सम्र्पक विहीन भएपछी पिडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका पनेरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बैदेशिक रोजगार बिभाग ताहाचलमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology