Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेवाः देव् दवू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ सर्व सम्मत रुपमा चयन


2K
Shares

नेवाः देव् दवू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ सर्व सम्मत रुपमा चयन

गोखा, २१ फागुन । नेवाः देव् दवू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ सर्व सम्मत रुपमा चयन हुनुभएको छ ।

हिजो गोरखा सदरमुकाममा भएको समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनले श्रेष्ठलाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।

नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा रामबावु श्रेष्ठ, उपाध्यक्षमा सिताराम श्रेष्ठ, महिला उपाध्यक्षमा कोमल श्रेष्ठ, सचिवमा बिमला श्रेष्ठ र कोषाध्यक्षमा रुसबावु जोशी पनि सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ ।

खुल्ला सचिवमा भने कार्यसमितिले चयन गर्ने गरी खाली राखिएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण श्रेष्ठ, गणेशमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, थिरभक्त श्रेष्ठ (नवराज), सुरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, बुद्व शाही, कल्पना श्रेष्ठ, गौतम श्रेष्ठ र रिता श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएको बरिष्ठ उपाध्यक्ष रामबावु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्य समितिका २ नयाँ सदस्यसमेत आगामी बैठकले मनोनित गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology