Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

युक्रेनलाई प्रदान गर्दै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय


1.7K
Shares

युक्रेनलाई प्रदान गर्दै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

एजेन्सी, २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाउनु भएको छ । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ । ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो ।

वार्ताको वातावरण बनेमा सहयोग जारी रहन सक्छ ।’ खनिज सम्झौतामा लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता तनावपूर्ण ढङ्गले सकिएको थियो । त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीकीले अमेरिकासँगको सम्बन्धलाई भने कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology