Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

आँबुखैरेनीको सव स्टेशनमा प्राविधिक समस्या आउदा गोरखामा बिद्युत अवरुद्व


1.2K
Shares

आँबुखैरेनीको सव स्टेशनमा प्राविधिक समस्या आउदा गोरखामा बिद्युत अवरुद्व

गोरखा, २० फागुन । गोरखा सदरमुकामका साथै वरपरका सबै क्षेत्रमा बिहानदेखी बिद्युत अबरुद्व भएको छ । तनहुँको आँबेखैरेनीमा रहेको सव स्टेशनमा प्राविधिक समस्या आउदा गोरखाको अधिकांस स्थानको बिद्युत अबरुद्व भएको हो ।

बिहान ११ बजेतिर सव स्टेशनको कन्ट्रोलरमा समस्या आएपछी गोरखा तर्फ आउने ३३ केभि लाइन अबरुद्व भएको छ । कन्ट्रोलरमा समस्या आएसंगै सव स्टेशनबाट गोरखाको वितरण केन्द्रसम्म आउने बिद्युत लाइनबाट बिद्युत प्रवाह गराउन समस्या आएको छ ।

समस्या देखीएपछी प्राविधिकहरुले मर्मतको काम थालेको छ । काम भईरहेकोले बिद्युत सुचारु हुन अझै केही समय लाग्ने गोरखा बितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिनुभयो ।

बिद्युत अबरुद्व हुदा गोरखा बितरण केन्द्रबाट प्रशारण हुन नयाँ बजार, महेन्द्र ज्योति, बुंकोट र छेवेटार फिडर प्रभावित भएको छ । यि फिडरबाट २० हजारभन्दा बढी घर परिवारले बिद्युत उपभोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology