गोरखा, १८ फागुन । मनकामना मन्दिरदेखि गोरखा सदरमुकाममा रहेको गोरखाकाली मन्दिरसम्मको पदयात्रा समापन भएको छ । जिल्लाको २ प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रर्वद्धनका लागि मनकामनादेखि गोरखकालीसम्मको पदयात्रा हिजोदेखी सुरु भएको थियो ।
गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाले पदयात्रा आयोजना गरेको क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले जानकारी दिए । पदयात्राले मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्ने विश्वास गरीएको छ ।
फागुन १६ गते शुक्रबार एक कार्यक्रम बिच प्रसिद्द धार्मिक तिर्थ स्थल मनकामना मन्दिरबाट सुरु भएको पद यात्रा वक्केश्वरी मन्दिर(लखन गुफा(लाक्लुङको काँउले हुदै तिनमाने भञ्ज्याङ हुदै कोटथोक(चुलेभिर हुदै बुकोटको काँहुले भंगारसम्मको यात्रा तय गरेको रोटरी क्लब अफ गोरखाका पूर्व अघ्यक्ष कृण्ण ढकालले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो दिन शनिबार बिहान बुंकोटको काँहुले भंगारबा ६ हिडेको पदयात्राको टोली गोरखा सदरमुकाम रहेको गोरखाकाली मन्दिर परिषरमा रहेको हनुमान थान भञ्ज्याङमा आएर एक कार्यक्रम बिच समापन गरीएको थियो ।
दोस्रो दिन पदयात्रामा हिडेका उनीहरुले काँहुले भंगारहुदै ढुङागाढे(उपल्लोकोट(बज्रभैरब मन्दिर हुदै हनुमान भञ्ज्याङमा पुगेर समापन गरीएको थियो ।
समापन कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका उपमेयर मसली मायाँ थोकर पुनस्ले यस्ता कार्यक्रमले गोरखाको पर्यटन बिकासमा सहयोग पुग्ने विश्वास ब्यत्त गर्नुभयो । उहाँले आगामी दिनमा पनी पर्यटन प्रर्वद्धनका लागि हुने कार्यक्रममा रोटरी संग सहकार्य गर्ने बताउनुभयो ।
पदयात्रामा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर, धार्चे(मनास्लु पर्यटन बिकास समितिका अघ्यक्ष साने गुरुङ, रोटरी क्लब अफ गोरखाका पूर्व अघ्यक्षहरु तथा रोटरीका पदाधिकारीहरुको सहभागिता रहेको पदयात्रा कार्यक्रमका संयोजक शरदबावु कट्टेलले जानकारी दिनुभयो ।
मनकामना मन्दिरदेखी उक्त मार्ग भएर गोरखकाली मन्दिरसम्म आउदा ३७ किलो मिटर दुरी पार गरेको पनि संयोजक कट्टेलले बताउनुभयो ।
मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे मनले चाहेको सवै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहदैँ आएको छ । गोरखकालीको ७ दिदी बहिनी मघ्ये मनकामना १ बहिनी भएको धार्मिक विश्वास रहदै आएको छ ।