Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

 आजदेखि एकमहिने रोजा सुरु


2.5K
Shares

 आजदेखि एकमहिने रोजा सुरु
 महोत्तरी, १८ फागुन । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ उपवास सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो ।
इस्लाम परम्पराका चाडपर्व हिजरी उर्दू सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो ।
चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान सार्वजनिक गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज प्रार्थना गरेर यो वर्षको रमजान आजदेखि सुरु हुने बताएका थिए ।
‘शावान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज विशेष प्रार्थना गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा रहेको रामगोपालपुर–२ महनपुरका इस्लाम धर्मका जानकार मोहम्मद कादीर हुसैनले बताउनुभयो । सोहीअनुसार हिजो साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् ।
इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म रोजा गर्ने परम्परा छ । भूगोलका विभिन्न खण्डमा ग्रहन क्षेत्रको गतिले समयमा पार्ने फरकफरक प्रभावअनुसार ठाउँअनुसार रमजान अघिपछि पर्ने गरेको हुसैनले बताउनुभयो ।
नेपाल र भारतको हकमा ‘बुखारे शरिफ’ ९भारतको दिल्लीस्थित साँस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न इस्लाम परम्पराको धार्मिक निकाय० को निर्णयअनुसार पर्व निर्णय गरिँदै आइएकाले गएराति चन्द्रमा देखिएपछि आज  रोजा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जिल्लाको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । मजान महिनामा पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।
यस महिनामा गरिने व्रत, उपवास रोजा अत्यन्त पूण्यदायक हुने इस्लाम मान्यता छ । बाल, वृद्ध, अशक्त बिरामीबाहेक सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एकघडी अगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न, पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ ।
 एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी सम्वत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन ईद–उल–फित्र पर्व मनाउने इस्लाम परम्परा छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology