Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हिमाली ३ जिल्लामा भोलिदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान


1.7K
Shares

हिमाली ३ जिल्लामा भोलिदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान

काठमाडौ, १७ फागुन । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान भोलिदेखि सञ्चालन हुने भएको छ । यसअघि हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

मनाङ, मुस्ताङ र हुम्लामा भोलि र डोल्पामा यही फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले गएको माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् ।

अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार आठ सय ८९ जना किशोरीले खोप लगाएका छन् ।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology