Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डिजेल र मट्टीतेलको भाउ घट्यो


2K
Shares

डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले डिजेलरमट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आजै बिहानदेखी लागु हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रति लिटर १ रुपैयाँका दरले भाउ घटाएको हो ।

भाउ घटेसँगै डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा १५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५४ रुपैयाँ र तेस्रो वर्गमा १५५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखार र दिपायल पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology