Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अन्तरजातीय विवाह गर्नेलाई जोडीलाई सम्मान


1.4K
Shares

अन्तरजातीय विवाह गर्नेलाई जोडीलाई सम्मान

पर्वत, १७ फागुन । समाजमा कायम जातीय विभेद तथा छुवाछुत न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । जिल्लाको जलजला गाउँपालिकाले २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीलाई नगदसहित सम्मान गर्ने भएको हो । अहिले पनि दलित र गैरदलित समुदायबिच ठुलो विभेद रहेकाले यसलाई पूर्ण रूपमा हटाउन अन्तरजातीय दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो ।

समाजमा रहेको जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार अन्त्य गरी समुन्नत समावेशी एवं छुवाछुतमुक्त जलजला गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागु गरिएको उहाँको भनाइ छ । विशेष गरी दलित र गैरदलित जोडीलाई मात्र प्रोत्साहन गरिने पौडेलले बताउनुभयो ।

जिल्लाका अन्य पालिकामा भन्दा जलजलामा अन्तरजातीय विवाहित जोडीको सङ्ख्या बढिरहेको छ । मगर र दलित समुदायको बाहुल्य रहेको जलजलाका चार वटा वडामा अधिकांश मगर समुदाय छन् ।

गाउँपालिकाले अगाडि बढाएको यस्ता खालका प्रोत्साहनमूलक कार्यक्रमले आगामी दिनमा समाजमा देखिएको जातीय छुवाछुत र विभेद अन्त्य गर्न प्रोत्साहन गर्ने जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो । गाउँपालिकाले सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीलाई १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology