Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको बिदाइ


1.9K
Shares

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको बिदाइ

काठमाडौं, १६ फागुन । महाशिवरात्रिका अवसरमा पशुपती मन्दिर आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज एक कार्यक्रम बिच बिदाइ गरेको छ । छिमेकी देश भारतलगायत विभिन्न स्थानबाट आएका ३ हजार जनाभन्दा बढी साधु सन्तलाई कोषले आज बाटो खर्चसहित बिदाइ गरेको हो ।

बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणाीमा छुट्याएको विभिन्न रङ्गको कार्ड दिएको थियो ।

महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा रहदै आएको छ । कोषले उनीहरुलाई दिउँसोको खाना र आवासको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology