Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मोवाइल चोरी गरेको आरोपमा गोरखाका दुईजना पक्राउ


3.4K
Shares

मोवाइल चोरी गरेको आरोपमा गोरखाका दुईजना पक्राउ

गोरखा, १६ फागुन : महाशिवरात्रि पर्वका अवसरमा बुधबार पशुपति क्षेत्रमा आएका भक्तहरुको मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा गोरखाका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र गोरखाकै बारपाक गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष ३४ को अभिषेक गुरुङलाई प्रहरीले पशुपति क्षेत्रमा आएका भक्तहरुको मोबाइल चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरूबाट एउटा कालो झोलामा विभिन्न ब्राण्डका १० वटा मोबाइल र चार हजार रुपियाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । बालाजु बसन्तनगर गुम्बा नजिक अस्थायी प्रहरी विट गुम्बाबाट गस्तिमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई सोधपुछ तथा चेकजाँचका क्रममा दुवैजना पक्राउ परेका प्रहरीले बताएको छ।

हाल प्रहरी वृत्त गौशालामा रहेका उनीहरूमाथि चोरी मुद्दामा अदालतबाट पांच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology