Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ घोषणा : गोरखाका ३ जनाले विभिन्न बिधामा पुरस्कार पाउने


1.3K
Shares

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ घोषणा : गोरखाका ३ जनाले विभिन्न बिधामा पुरस्कार पाउने

गोरखा, ८ फागुन । नेपाल सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कार घोषणा गरेको हो ।

विभिन्न बिधामा पुरस्कार घोषणा गरीएका मघ्य गोरखाका ३ जनाले पनि पुरस्कार पाउने भएका छन् । पुरस्कार पाउनेहरुमा कीर्तिमानी पर्वतारोही तर्फ गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ हरिराम श्रेष्ठ र मानवसेवा तथा समाजसेवातर्फ रामजी अधिकारी छन् । उनीहरु सबैलाई विशेष समारोहको आयोजना गरी पुरस्काबर प्रदान गरिने भएको छ ।

२०७५ सालको मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त १ लाख अमेरिकी डलरमा नेपाल सरकारबाट १ करोड रुपैयाँ थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो । कोषबाट प्रत्येक वर्ष २ जना प्रतिभालाई जनही ५ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।

२०७६ सालमा पहिलो पटक २ विधाका ३ प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि पुरस्कार वितरण भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology