Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा एक दिने आँखा शिबिर सम्पन्न


2.3K
Shares

सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा एक दिने आँखा शिबिर सम्पन्न

धन बहादुर तामाङ  / गोरखा, ६ फागुन । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ मा एक दिने आँखा शिविर सम्पन्न भएको छ । सिरनचोक गाउँपालिका वडा नं ४ को चोरकाटे आधारभूत स्वास्थ्य केन्द्रमा भएको निःशुल्क आँखा शिविरमा १६१ जनाले आँखा जाँच गराएका थिए । १६१ जनालाई गरिएको आँखा परिक्षणमा १७ जनालाई मोति बिन्दु देखिएको सिरानचोक गाउँपालिका स्वास्थ साखा प्रमुख टुकमान श्रेष्ठले जानकारि दिनुभयो ।

१६१ जनामा आँखा जाँच गरिएकोमा १७ जनालाई मति बिन्दु, ५८ जनालाई चस्मा वितरण गरिएको र बाँकीलाई सामान्य सल्लाह सहित ओैषधि बितरण गरिएको थियोू श्रेष्ठले बताउनुभयो । मोतिबिन्दु भएका बिरामीलाई भरतपुर आँखा अस्पतालमा निसुल्क सल्यक्रिया हुनेछ। सल्यक्रिया गर्ने १७ जना बिरामीलाई फाल्गुन ५ गते नै भरतपुर अस्पताल लगिएको छ भने ६ गते सल्यक्रिया हुने छ । ूदृष्टिमा समस्या भएका ५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको श्रेष्ठले भन्नूभयो ।

नियमित आँखा जाँच नगर्नु बाताबरण प्रदुषण, तथा धेरै समय मोवाईल तथा टिभि हेर्नू , अहिलेको बिजुलि बत्ती कति वाटको उज्यालोमा बस्ने भन्ने धेरैलाई थाहा नहुनु उमेर बढे सङ्गै आँखा जाँच नगराउनु आदि मोतिबिन्दुको प्रमुख कारण भएको श्रेष्ठले बताउनुभयो ।

सिरानचोक गाउपालिकाको संयोजनमा ज्योतिष संघ,भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा गाउँपालिकाको चोरकाटेमा एक दिने आँखा शिबिर भएको हो ।

अहिले आँखाको शिबिर सन्चालन गरियो जनताले केही राहत महसुस गरेका छन । अब गाउँपालिका स्वास्थ्य शाखा तथा अन्य सङ्घ सस्थाहरुको सहयोगमा नियमित रुपमा बर्षको दुई तिन पटक सम्म यस्ता सिबिर सन्चालन गर्ने सिरनचोक गा पा ४ का वडा अध्यक्ष भरत हमालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology