Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पेट्रोलको मूल्य बढ्दा, डिजेल मट्टितेलको घट्यो


2.5K
Shares

पेट्रोलको मूल्य बढ्दा, डिजेल मट्टितेलको घट्यो

 

काठमाडौ, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार हिजो पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य आजदेखि लागू हुनेछ । निगमका अनुसार नयाँ मूल्यअनुसार आजदेखि काठमाडौँमा पेट्रोलको १ सय ६८ रुपैयाँ र डिजेल र मट्टितेलको १ सय ५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology