Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा बारपाक सुलिकोट उत्कष्ट, भीमसेन दोस्रो


6K
Shares

गोरखाका पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा बारपाक सुलिकोट उत्कष्ट, भीमसेन दोस्रो

गोरखा ३ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा गोरखाका पालिकामध्ये बारपाक सुलिकोट गाउँपालिका उत्कृष्ट भएको छ । बारपाक सुलिकोट कार्यसम्पादन मूल्याङ्कमा ७०.८ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नजितामा उल्लेख छ । भीमसेन थापा गाउँपालिका यसपटक जिल्लाका पालिकाहरु मध्ये दोस्रो हुन सफल भएको छ ।

भीमसेनले कार्यसम्पादन मूल्याङ्कमा ६९. ६ अंक प्राप्त गरेको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कमा आरुघाट गाउँपालिकाले आरुघाट ६८.९ अंक प्राप्त गर्दै जिल्लामा तेस्रो भएको छ भने चुमनुब्री गाउँपालिकाले ६७.१ अकं ल्याएर चौथो बनेको छ । त्यस्तै धार्चे गाउँपालिकाले धार्चे र पालुङटार नगरपालिकाले समान ६६.८ अंक ल्याएको छ ।

सहिद लखन गाउँपालिकाले सहिद लखन ६६.४, गोरखा नगरपालिकाले ६०.७, गण्डकी गाउँपालिकाले ६० अंक, सिरानचोक गाउँपालिकाले सिरानचोक ५८.६ र अजिरकोट ५७.१ अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नजितामा उल्लेख गरिएको छ ।

आयोगले पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायत बिभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङकन गर्ने गर्दछ । आयोगले सार्वजनिक गरेको नजितामा चित्त नबुझेमा सात दिन भित्रमा आवश्यक आधार प्रमाणसहित पुनरावलोकनका लागि आयोग समक्ष निवेदन दिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology