Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

१३ लाख किशोरीले एचपीभी खोप लगाए


1.2K
Shares

१३ लाख किशोरीले एचपीभी खोप लगाए

काठमाडौ, ३ फागुन । पोठघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तर्गत हालसम्म १३ लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेबाट सुरु भएको खोप अभियान फागुन ६ गतेसम्म चल्नेछ ।

सो अवधिमा १६ लाख ८८ हजार किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ । हालसम्म झन्डै ७७ प्रतिशतले खोप लगाईसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बाँकी किशोरीलाई पनि एचपिभी खोप लगाउन आग्रह गर्नुभयो । सरकारले, कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म किशोरीहरुलाई एचपिभी खोप लगाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology