Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हमासले आज रिहा गर्ने तीनजनाको नाम सार्वजनिक


1.3K
Shares

हमासले आज रिहा गर्ने तीनजनाको नाम सार्वजनिक

एजेन्सी, ३ फागुन । इजरायलले गाजामा करिब एक महिनाअघिको युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन बन्धकको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।

यसअघि, हमासले युद्धविरामको स्पष्ट उल्लंघन भएको भन्दै रिहाइ रोक्ने बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology