गोरखा, २ फागुन । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । काठमाडौंमा हिजो सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले ८०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेत्र चापागाईंले ७१ मत प्राप्त गरेका थिए । भट्टराई यसअघि पनि अध्यक्ष थिए । नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
९९ केन्द्रिय समितिमा गोरखाबाट भट्टराई सहित १५ जना पर्न सफल भएको छ । गोरखाबाट चयन हुनेमा खुल्ला सदस्य तर्फ फणिन्द्र देवकोटा, खस आर्य तर्फ यान प्रसाद भट्ट निर्वाचित भएका छन् । खुल्ला तर्फ नै रोशन पोखरेल, रोहिणी पाण्डे, ज्योति कोइराला र बिकास लामिछाने निर्वाचित भएका छन् ।
केन्द्रिय समितिको खर आर्य तर्फ महिला सदस्यमा इन्दिरा बस्ताकोटी, यूवा सदस्यमा रुप नारायण श्रेष्ठ, राजेश आले निर्वाचित भएका छन् ।
उता जनजाति महिला सदस्य तर्फ सानु गुरुङ, दलित महिला सदस्यमा सञ्जु भट्ट नेपाली, दलित सदस्यमा लाल बहादुर बिक, साधुराम नेपाली तथा महिला सदस्यमा नारायणी अधिकारी निर्वाचित भएका छन् । उपाघ्यक्षमा डा.भट्टराइकै छोरी मानुषी यमी यस अघि नै निर्विरोध निर्वाचित हुनुभएको छ ।