Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एचपीभी खोप लगाउने किशोरीको सङ्ख्या १० लाख नाघ्यो


2.2K
Shares

एचपीभी खोप लगाउने किशोरीको सङ्ख्या १० लाख नाघ्यो

काठमाडौ, ३० माघ । देशभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने किशोरीको सङ्ख्या १० लाख नाघेको छ । सरकारले खोप अभियान सुरु गरेको ८ दिनमा १० लाखभन्दा बढीले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएका  बताउनुभयो ।

खोप अभियान फागुन ६ गतेसम्म चल्नेछ । देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology