Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो : अध्यक्ष प्रचण्ड


2.3K
Shares

दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो : अध्यक्ष प्रचण्ड

सुर्खेत,२९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको बताउनुभयो ।

‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन,’ उनले भने ‘सरकारमा रहेकाहरूमा दुईतिहाइको अहंकार थियो । राष्ट्रिय सभामा त्यसको राम्रो जवाफ दिएको छ ।’

सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको भन्दै प्रचण्डले बहुमतले पेलेर जान सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै उहाँले अध्यादेशको भविष्य जसपा नेपालको निर्णयमा भर पर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology