Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा निःशुल्क मुटु स्वास्थ्य शिविरबाट ३ हजार ५ सय जना लाभाव्दित


2.4K
Shares

गोरखामा निःशुल्क मुटु स्वास्थ्य शिविरबाट ३ हजार ५ सय जना लाभाव्दित

गोरखा, २७ माघ ः गोरखामा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क मुटु स्वास्थ्य शिविरबाट ३ हजार ५ सय जना भन्दावढी लाभाव्दित भएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा भएको शिविरमा ३ हजार ५ सय १० जनाले मुटुको जाँच गराएको आयोजक रोटरी क्लव अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेको उहाँले बताउनुभयो । शिविरमा मुटु जाँच गराएका मध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा.भट्टराईको भनाई छ ।

‘‘मुटु जाँच गराएकामध्ये २८ जनालाई मुटुको थपउपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरेका छौ, उहाँले भन्नुभयो, ‘‘जसमा ६ जनाको तत्काल उपचार गर्नुपर्ने अवस्था रहेको छ ।’’ शिविरमार्फत ४ सय १३ जनाले इसिजी जाँच गराए भने ४ सय ७९ जनाले इको जाँच गराएको डा. भट्टराईले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ गोरखा तथा रोट्रयाक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचार गराएका बिरामीहरुलाई आवश्यकताका आधारमा निःशुल्क औषधीसमेत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सवै विरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजंग थापाले बताउनुभयो । शिविर मार्फत बिरामीहरुलाई करिब ५० लाख रुपैया बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology