काठमाडौं, २६ माघ । धादिङको धुनीबेशी नगरपालिका(९ खत्रीपौवामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति साढे १२ बजे खत्रीपौवाबाट खानीखोला आउँदै गरेको बा २ क ४८८० नम्बरको खाली टिपर सडकबाट अन्दाजी ८० मिटर तल खोल्सामा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा टिपर चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका(१ सेराका २२ वर्षीय प्रदीप थिङ गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालम गएराति साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।