Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो


987
Shares

अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो

काठमाडौँ, २४ माघ । सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले सर्लाहीको घटनामा ध्यानाकर्षण गराउनुभएको हो । उहाँहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन हुँदैन भन्नुभयो । अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन नभएकामा सांसदहरुको आपत्ति थियो । यस विषयमा सांसदरु शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राख्नुभएको थियो ।

आकस्मिक समयमा सांसद सुमना श्रेष्ठले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा सामाजिक सञ्जालमा बिरोध सुरु भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology