Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु


854
Shares

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

काठमाडौ, १८ माघ । संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद सचिवलायका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

पहिलो दिनमै सत्ता पक्ष र प्रतिपक्षी दल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोजेपछि बैठक तनावपूर्ण हुने देखिन्छ । यद्यपी सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना बैठकलाई तनावरहित बनाउने गृहकार्यमा जुट्नुभएको छ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।

हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् । संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका प्रवक्ता गिरीले सीआईएनसँग कुरा गर्दै आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

अधिवशेन सुरू भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहुने कार्यसूची रहेको छ । विपक्षी दलहरुले भने सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा हिजो बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology