काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद यथावत राख्न माग गर्नुभएको छ ।
बिहान सङ्घीय संसद सचिवालय पुगेर लामिछानेले केही बेरअघि समाभुख घिमिरेलाई भेट्नु भएको हो । लामिछानेको सचिवालयका अनुसार निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित निवेदन दिइएको छ ।