काठमाडौ, १७ माघ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले विजयप्रकाश सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ६ सय ८६ मतसहित अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित हुनुभएको छ ।
उहाँले निकटतम प्रतिस्पर्धी हेमन्त राईलाई ७१ मतले पछि पार्नुभयो । यस्तै ९ उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यू यादव र उमेश कँडेल निर्वाचित हुनुभएको छ । महासचिवमा रोशन थापामगर विजयी हुँदा ९ उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की चयन हुनुभएको छ ।
११ जना सचिवहरूमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छो हाङ मावो निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा फूलमाया रानामगर चयन हुनुभएको छ । क्रान्तिकारीमा ४८ सदस्यीय केन्द्रीय सचिवालय, तीन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव, १६२ केन्द्रीय सदस्य गरी कुल ३१२ जनाको कमिटी रहेको छ ।