Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड


1.1K
Shares

सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड

पाटन ललितपुर, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उहाँले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो”, भन्नुभयो ।

उहाँले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट गर्नुभयो । “विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ”, श्रेष्ठले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology