Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने


1.1K
Shares

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने

तनहुँ, १० माघ । विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका छन् ।

उचित क्षतिपूर्ति दिने सहमति भएपछि मृत्यु भएका देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ वर्षीय सोमबहादुर गुरुङको शव परिवारले बुझेका हुन् ।

गुरुङको मङ्गलबार करेन्ट लागी मृत्यु भएको थियो । बिजुलीको पोलको सर्पोटको लागि टाँगिएको तारमा विद्युत् सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिनुभयो । वडा सदस्य गुरुङका अनुसार करेन्ट लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

वडा सदस्य गुरुङले उक्त घटना नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच लाख रुपियाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च बापत २५ हजार रुपियाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कन कमिटी गठन गरेर क्षतिपूर्ति प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology