Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्रमुख प्रतिपक्षीका हैसियतले संसदमा देश र जनताको नाममा अपिल गर्छु :अध्यक्ष प्रचण्ड


945
Shares

प्रमुख प्रतिपक्षीका हैसियतले संसदमा देश र जनताको नाममा अपिल गर्छु :अध्यक्ष प्रचण्ड

सुर्खेत,१० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताउनुभएको छ ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उहाँको भनाइ छ । ‘ओलीजीले अध्यादेशबाटै शासन गर्न खोजेपछि हामी विपक्षहरूले अभिलम्ब सदन नबोलाए विशेष अधिवेशन बोलाउँछौं भनेपछि सरकारले १८ गते अधिवेशन राख्ने भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी सदनमा सरकारका गलत कामप्रति जोडतोड प्रस्तुत हुन्छौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले देश र जनताको नाममा मैले अपिल गर्छु ।’

अहिलेको सरकारले भ्रष्ट्राचारी र आना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ । ‘यी सबैको समीक्षा आगामी अधिवेशनमा मैले गर्ने वाला नै छु’, उहाँले भन्नुभयो ।

संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उहाँले बताउनुभयो । ‘नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढङ्गले सरकारको जन्म भयो त्यो लामो आयुको छैन,’ उहाँले भन्नुभयो, ‘तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology