Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अखिल क्रान्तिकारीमा आज उम्मेदवारी दर्ता, सहमतिको प्रयास पनि जारी


980
Shares

अखिल क्रान्तिकारीमा आज उम्मेदवारी दर्ता, सहमतिको प्रयास पनि जारी

काठमाडौं,८ माघ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ । उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको अखिल क्रान्तिकारीका फ्र्याक्सन इञ्चार्ज हिमाल शर्माले जानकारी दिनुभयो ।  नयाँ कार्यसमिति चुन्न उम्मेदवारहरुबीच माघ १२ गते निर्वाचन गर्ने तालिका छ ।

गत असोज १० देखि १४ गतेसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । त्यसैले अहिले बल्ल नेतृत्व चयन प्रक्रिया सुरु गरिएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवाद निर्वाचनमार्फत् टुंगो लगाइएको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भोटिङ हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अनुसार ३२ वर्षसम्मकाले अहिले उम्मेदवारी दर्ता गराइरहेका छन् ।

सहमतिको प्रयास पनि जारी

निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन् । फ्र्याक्सन इञ्चार्ज शर्माले निर्वाचन प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि भइरहेको जानकारी दिनुभयो ।

सहमतिको प्रयासमा उपमहासचिव शक्ति बस्नेत, फ्र्याक्सन इञ्चार्ज शर्मा, निवर्तमान अध्यक्ष पञ्चा सिंहसहित अध्यक्षका दाबेदार नेताहरुबीच छलफल हुँदै आएको छ । सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । तर सहमति जुटेको छैन ।

नेतृत्वमा अखिल क्रान्तिकारीमा नेतृत्वमा पुग्न गुटगत प्रतिस्पर्धा छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा निकटका नेताहरुले राजनीतिक लबिङसहित रस्साकस्सी जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology