Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अमेरिकामा टिकटक बन्द


658
Shares

अमेरिकामा टिकटक बन्द

एजेन्सी, ६ माघ । चर्चित शर्ट भिडिओ प्लेटफर्म टिकटक अमेरिकामा डाउन भएको छ । गत वर्ष पारित भएको प्रतिबन्ध वा विनिवेश कानून ब्यान अर डाइभेस्ट ल कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबाट हटाइएको छ । वेबमा पनि टिकटकको साइट उपलब्ध नभएको नोटिस देखिन थालेको छ ।

प्रयोगकर्ताहरूले एप खोल्दा भिडियो हेर्न पाइरहेका छैनन् । टिकटकले दिएको जानकारी अनुसार अमेरिकामा १७ करोड प्रयोगकर्ताहरूले यो एप प्रयोग गरिरहेका थिए । अन्य सामाजिक सञ्जालहरूमा केही समयका लागि अवरोध आउने गरे पनि, टिकटक जस्तो लोकप्रिय एप यसरी बन्द भएको यो पहिलो घटना हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology