Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गएको १ वर्षमा लेक लागेर २४ जनाको मृत्यु


875
Shares

गएको १ वर्षमा लेक लागेर २४ जनाको मृत्यु

गोरखा, ६ माघ । गएको १ वर्षमा लेक लागेर २४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार गएको १ वर्षमा ८९ वटा घटनामा २४ जनाको मृत्यु भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा मात्रै २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । तीमध्ये ६ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । प्राधिकरणकाअनुसार विशेष गरि नेपाल घुम्न आएका विदेशी पर्यटकहरूको लेक लागेर मृत्यु हुने गरेको छ ।

पछिल्लो तीन वर्षमा भने ६० वर्षभन्दा बढी उमेरका २१ जनाको लेक लागेर मृत्यु भएको प्राधिकरणले जनाएको छ । कर्णालीमा सबैभन्दा धेरै २८ वटा घटना भएका छन् । दोस्रोमा भने गण्डकी प्रदेशमा २४ वटा घटना रहेका छन् । तर डाक्टरहरूकाअनुसार लेक लागेर हुने मृत्युको जोखिम कम गर्न सकिन्छ ।

कन्सल्ट्यान्ट डा. कल्याण सापकोटाले मुटुको समस्या, उच्च रक्तचाप भएका, मधुमेह उच्च रहेका बिरामीलाई यसको बढी जोखिम हुने बताउनुभयो । लेक लागिहाले उच्च स्थानबाट तत्काल तल तिर झर्नुपर्ने, औषधिको प्रयोग गर्नुपर्ने तथा यात्रामा निस्कनु अघि स्वास्थ्यको जाँच गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology