गोरखा ५ माघ । नेपाली कांग्रेस गोरखाको पूर्व उपसभापति भोजराज वाग्ले निधन भएको छ । वाग्लेको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा हिजो निधन भएको नेपाली काँग्रेस गोरखाका सचिव कृष्ण आलेले जानकारी दिनुभयो । लामो समयदेखि बिरामी पर्नुभएका वाग्लेलाई केही समय अगाडी मस्तिस्क घात भएको थियो ।
बिरामी भएपछी राजधानी काठमाडौँमा बस्दै आएका वाग्लेको आजै बिहान निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको सचिव आलेले जानकारी दिनुभयो ।