मोरङ,५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले संसदको अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।
उहाँले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थन शुक्रबार बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिनुभयो ।
उहाँले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको पनि बताउनुभयो । साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताए। उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको पनि बताउनुभएको हो ।
उहाँ आज शनिबार विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी पुग्नुभएको हो ।