Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो


1.9K
Shares

गण्डकीमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो

कास्की, २ माघ । गण्डकी प्रदेशमा धान खेतीको उत्पादन घटेको छ । प्रदेशमा चालु वर्ष २०८१(०८२ मा ३.२२ प्रतिशतले धान उत्पादन घटेको हो ।

कृषि विकास निर्देशनालय गण्डकीका अनुसार ९७ हजार ९५७ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन उत्पादन भएको हो । प्रति हेक्टर उत्पादकत्व ३।८७ मेट्रिक टन उत्पादन भएको हो । गत वर्ष गण्डकीमा १ लाख १ हजार ९२३ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ३ लाख ९१ हजार ६२४ मेट्रिक टन फलेको थियो । प्रति हेक्टर उत्पादकत्व ३।८४ मेट्रिक टन भएको हो ।

निर्देशनालयकी कृषि अधिकृत रञ्जना पोखरेलले गतवर्षको भन्दा ३ हजार ९६६ हेक्टर कम क्षेत्रफलमा रोपिएको धानको उत्पादन घटेपनि उत्पादकत्व भने ०।०३ बढेको वृद्धि भएको बताउनुभयो । गाउँघरमा मानिसहरु बस्न कम हुँदा धान उत्पादनमा समेत कमी आएको उहाँले बताउनुभयो । ूसुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर बस्न थाले । खेतहरु बाँझा छन् । घर रित्तै छन । युवाहरु विदेश पलायन गाउँघरमा जनशक्ति कम हुँदा उत्पादन हुनै छाड्यो,ू उहाँले भन्नुभयो ।

गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा धान खेती गरिन्छ । नवलपुरमा अन्तको तुलनामा धेरै धान फलेको तथ्याङकले देखाउँछ । नवलपुरमा चैते र बर्खे गरेर ७८ हजार ६१३ मेट्रिक टन धान फल्यो । १९ हजार ३९४ हेक्टरमा किसानले धान लगाएका हुन् । कृषि विकास निर्देशनालयको तथ्याङक अनुसार यसपालि सबैभन्दा कम १३ हजार ६६४ मेट्रिक धान म्याग्दीका उत्पादन भएको छ । कास्कीमा ६२ हजार ९८८, स्याङजामा ५७ हजार ५०२, तनहुँमा ४४ हजार २३८, गोरखामा ४३ हजार ५४, लमजुङमा ३१ हजार ५३९, पर्वतमा २६ हजार ८३९, बागलुङमा २० हजार ५९५ मेट्रिक टन धान फलेको छ ।

गण्डकीका खेतमा साबित्री, रामधान, सुक्खा, महाराजा, मन्सुली, आइआर, जेठोबुढो, गुर्दि, पहेले, गौरिया, मार्सी, सेतो र लामो झिनुवा, एक्ले लगायतका धान रोपिन्छ ।

धान खेती लमजुङको करापुटार, सोतिपसल, सुन्दरबजार, उदीपुर, कास्कीको लेखनाथ, पामे, आर्वा, लाहाचोक, घाचोक, मकैखोला, गोरखाको आरुघाट, पालुङटार, छेपेटार, तनहुँको चुदीफाँट, साँगेफाँट, कलेस्ती, सत्रसय, पर्वतको फलेवास, जलजला, कुश्मामा धानखेतीको लागि पकेटक्षेत्र मानिन्छ

यस्तै, बागलुङका बर्‍याङ, गल्कोट, जैमिनी, बडिगार्ड, नवलपुरको मध्यबिन्दु, कावासोती, गैंडाकोट नगरपालिका, विनयी त्रिवेणी, स्याङ्जाको पुतलीबजार, चापाकोट, वालिङ, गल्याङ म्याग्दीको घार ताकम, घतान, धारापानी, सिमखेतमा धान खेती हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology