Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी


2.8K
Shares

आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी

काठमाडौं,२ माघ । पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङलाई पक्राउ गर्न प्रहरीले उनको कार्यालय पुगेको छ।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गर्न गएको हो ।

‘देहायको परिचय वतन खुलेको व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने‘। तत्काल निजलाई पक्राउ नगरे मुद्दाको प्रमाण नष्ट हुने, निज भागीजाने भएकाले’, प्रशासनद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाउन लागिएको हो । तर कार्यालयमा पुगेको प्रहरीसँग आशिका र उनका सहयोगीले गलफत्ती गरेका छन् । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology