Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि


938
Shares

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ,२ माघ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औंस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।

स्थानीय बजारमा प्रतितोला सुनमा रु। चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु। एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य रु। एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु। १० ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु। एक हजार आठ सय ३० निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology