Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राजधानीको ठमेलबाट १ जना चिनियाँ नागरिकको अपहरण स् ४ जना भारतीय नागरिक पक्राउ


777
Shares

राजधानीको ठमेलबाट १ जना चिनियाँ नागरिकको अपहरण स् ४ जना भारतीय नागरिक पक्राउ

काठमाडौ, २ माघ । राजधानीको ठमेलबाट अपहरणमा परेका १ जना चिनियाँ नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको सवारी साधान सहित ४ जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको भीमफेदीबाट हिजै उद्धार गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार हिजो ठमेलबाट १ जना चिनियाँ नागरिक अपहरणमा परेको खबर आएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

प्रहरीले सिसीटिभी फुटेजमा भारतिय नम्बर प्लेटमा चिनियाँ नागरिकलाई अपहरण गरेको देखिए लगत्तै सबै नाकामा प्रहरी परिचालन गरीएको थियो ।

सम्भावित ठाउँ र नाकामा जाँच गर्दा शुरूमा गाडीका चालक र १ जना भारतीय नागरिक पक्राउ परेका र पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भागेका २ जनालाई पक्राउ गरिएको थियो ।

प्रहरीले पक्राउ परेका र उद्धार गरिएका व्यक्तिको परिचय खुलाएको छैन । थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ । चिनियाँ नागरिकलाई आर्थिक लेनदेनका कारण भारतिय नागरिकहरुले अपहरण गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology