Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच माओवादीको मृत्यु, दुई प्रहरी घाइते


2K
Shares

भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच माओवादीको मृत्यु, दुई प्रहरी घाइते

एजेन्सी, २९ पुस । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ।

भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका विद्रोहीहरूले दशकौं लामो विद्रोहको नेतृत्व गरिरहेका छन्। विद्रोहका क्रममा हजारौं​​​​ मानिसको ज्यान गुमेको छ ।

सरकारी फौजले दशकौंदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ र सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन् ।
सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लापछि नक्सलवादी भनेर चिनिने विद्रोहीहरू छत्तीसगढराज्यको बीजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भने, ‘सुरक्षा बलले नक्सलवादी लडाकूका पाँच जनाको शव फेला पारेको छ ।’

अर्को एक घटनामा बीजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरङ्ग विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन्। सरकारी फौजले दशकौँदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ र सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology