Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो


1.2K
Shares

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो

काठमाडौं, २४ पुस । नेपाली बजारमा दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज बुधबार भने बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । यसअघि सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको थियो ।

यी दुई दिन प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्ले जनाएको छ । चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology