Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

तिब्बत भूकम्पको परकम्प नेपालमा निरन्तर


1K
Shares

तिब्बत भूकम्पको परकम्प नेपालमा निरन्तर

काठमाडौँ, २४ पुस । चीनको तिब्बत सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्नेच्युडको भूकम्पको धक्काका कारण नेपालमा कुनै मानवीय क्षति नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आज एक प्रेस विज्ञप्तिमार्फत प्राधिकरणले नेपालको स्थानीय समय अनुसार आज बिहान ६:५० बजे गएको भूकम्पबाट नेपालका उत्तरपूर्वी तथा मध्य क्षेत्रमा कम्पन महशुस गरिएको तर हालसम्ममा क्षतिको विवरण प्राप्त नभएको बताएको हो ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार उक्त भूकम्पको केन्द्र नजिकका नेपालका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएको बताउनुभयो ।

भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई प्राधिकरणले निर्देशन पनि दिएको छ ।

सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology