Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चीनको तिब्बतमा भूकम्प : हालसम्म ३२ जनाको ज्यान गयो, ३८ जना घाइते


994
Shares

चीनको तिब्बतमा भूकम्प : हालसम्म ३२ जनाको ज्यान गयो, ३८ जना घाइते

एजेन्सी, २३ पुस । आज बिहान चीनको तिब्बतमा गएको भूकम्पमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । अन्य ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ भने अमेरिकाले ७।१ रेक्टर स्केल मापन गरेको थियो ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको ठूलो झट्का महसुस भएको दिङ्गे काउन्टीमा रहेका गाउँमा धेरै घरहरू भत्किएको खबरमा उल्लेख गरिएको छ ।

सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । भत्किएका भवनमा फसेकाको उद्धार र खोजी भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology